आदर्श कप फुटबल प्रतियोगितामा आर्मीलाई सशस्त्रले हरायो

समाधान संवाददाता २०८१ मंसिर २४ गते ५:४०

लेखनाथ । कास्कीको लेखनाथमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement


आदर्श युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा सहभागी आठ टिममध्ये आइतबार भएको खेलमा नेपाल आर्मी, सिद्धिदल गण पश्चिम पृतनाको टिमलाई सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय (एपीएफ)ले ३–१ ले पराजित गरेको हो ।
खेलको २५ औं मिनेटमा सशस्त्रका नवराज मगरले पहिलो गोल गरेका थिए । खेलको दोस्रो हाफमा सशस्त्रको तर्फबाट ६५ औं मिनेटमा रन्जित चौधरीले दोस्रो गोल गरी आफनो टिमलाई थप बलियो बनाउन सफल भएका थिए । सशस्त्रबाट तेस्रो गोल प्रविन स्याङतानले ७० औं मिनेटमा गरेका थिए ।

नेपाल आर्मीको तर्फबाट मदन लिम्बुले अतिरिक्त समयमा सान्त्वना गोल फर्काउन सफल भएका थिए । आइतबारको खेलको म्यान अफ दी म्याचको उपाधि सशस्त्रका प्रविन स्याङतानले प्राप्त गरेका छन् । उनले टफीसहित नगद ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

दोस्रो दिन गण्डकी प्रदेशका पूर्व सासंद दीपक कोइरालाले खेलकुदको विकासका लागि लेखनाथ खेल मैदानलाई पोखराकै वैकल्पिक रंगशाला बनाउनुपर्नेमा जोड दिएका थिए । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड, मेड र प्रमाणपत्र प्रदान गरिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया