तप्राङमा स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर परिक्षण

समाधान संवाददाता २०८१ मंसिर २४ गते ५:५७

पोखरा । इनर व्हिल क्लब अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Advertisement

मादी गाउँपालिका वडा नम्बर ६ तप्राङमा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परीक्षण र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरबाट झण्डै १ सय जना लाभान्वित भएका छन् । कार्यक्रमका लागि अमेरिका निवारी देवीरमण सापकोटाले सहयोग गरेका थिए ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा चुम माया पुनले सहजीकरण गरेकी थिइन् । शिविर उद्घाटन गर्दै मादी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिलबहादुर क्षेत्रीले सामाजिक संघ संस्थासँग समन्वय गरी अघि बढ्न तयार रहेको उल्लेख गरे ।

त्यसअवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगपालिका वडा नम्बर १३ की वडा सदस्य रजनी परियारले सरकार र संघसंस्था मिलेर काम गर्दा उपलब्धि हुने सुनाइन् ।

इनर व्हिल क्लब अफ पोखराका अध्यक्ष रेष्मा वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लबको संस्थापक अध्यक्ष सोनु सिग्देल, तप्राङ स्वास्थ्य चौकी इन्चार्ज शोभाकान्त पौडेल र महारुद्र्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया