आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सूचीकृत

पोखरा । तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालले मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सूचीकृत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई भनेका थिए ।
लगत्तै विभागबाट गएको अनुगमन टोलीले अनुमति दिन सिफारिस गरेपछि विभागले अस्पतालमा सेवा सञ्चालनका लागि अनुमति दिएको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सञ्जालमा सहयोगका लािग मन्त्री पौडेललाई धन्यवाद दिएका छन् । उनले अब पूर्ण क्षमतामा डायलसिस सेवा उपलब्ध हुने जानकारी दिए ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अस्पतालमा सेवा सञ्चालनका लागि सूचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको भन्दै सघाउन अनुरोध गरे पछि मन्त्री पौडेलले प्रक्रिया अघि बढ्ने बताएका थिए ।अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा समेत सघाउने मन्त्री पौडेलले बताएका थिए ।
साथै, अस्पतालमा सुरक्षित सुत्केरी सेवा सञ्चालनका लागि समेत मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले अनुमति दिने तयारी गरिरहेको छ । यसो भएमा गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् ।








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया