नेपाल बारको ५० औं कार्यकारिणी परिषद बैठक पोखरामा सुरु- तस्बिरहरु सहित

पोखरा । नेपाल बार एसोसिएसनको ५० औं कार्यकारिणी परिषद बैठक पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैठकको उद्घाटन गरेका छन् ।
प्रधानन्यायाधीशमा कार्यकारीको भोक जागेकाले न्यायपालिकाभित्र विकृति मौलाएको भन्दै नेपाल बार एसोसिएसनले त्यसको विरुद्धमा छेडेको आन्दोलनलाई जारी राख्ने उद्घोषका साथ पोखरा बैठक सुरु भएको नेपाल एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

बारले प्रधानन्यायाधीश नियुक्तिबाहेक अन्य संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिका लागि बनाइएको संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका साथै सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई अलग गरी राष्ट्रिय जीवनमा ख्याति पु¥याएका व्यक्तिमध्ये कम्तीमा १ महिलासहित ३ जना थप गर्ने गरी संविधान संशोधन गर्नुपर्ने सुझाव दिँदै आएको छ ।

उच्च अदालतलाई अभिलेख अदालतका रुपमा राखिनुपर्ने लगायत विषयमा समेत छलफल गर्न मुलुकभरबाट १ हजारभन्दा बढी कानुन व्यवसायी परिषद बैठकमा सहभागी हुनेछन् । बारको विधान संशोधनका लागि समेत बारको सर्वोच्च निकाय परिषद बैठकले प्रस्ताव पारित गर्नेछ । बार महासचिव अञ्जिता खनालले परिषद बैठकको मुलुकभरबाट १ हजारभन्दा बढी कानुन व्यवसायी पोखरामा आएका छन् ।
कार्यकारिणी परिषद बैठकमा बारले आगामी दिनमा अवलम्बन गर्ने नीतिका साथै समसामयिक विषयमा छलफल हुने बारका उपाध्यक्ष एवं मूल आयोजक उपसिमिति संयोजक वीरेन्द्र केसीले बताए ।
कार्यकारिणी परिषद बैठक एवं मानवअधिकार सम्वन्धी गोष्ठी सम्पन्न गर्न पोखरामा विभिन्न ११ उपसमिति गठन गरिएको छ । ठूलो कार्यक्रम भएकाले सहभागिता पनि उसै गरी हुने अपेक्षाका साथ पोखराका होेटेल तथा रेस्टुरेन्टहरुसँग समन्वय गरिएको संयोजक केसीले बताए ।
कार्यक्रम सुरु हुनुभन्दा अगाडि प्रभातफेरी गरिएको थियो । वाइचोकबाट सुरु भएको प्रभातफेरी राष्ट्र बैंक चोक-रत्नचोक-सृजनाचोक-जिरो किमी हुँदै कार्यक्रमस्थल पोखरा इभेन्ट सेन्टरसम्म पुगेको थियो ।












शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया