कोइराला, राना र विष्ट लगायतलाई स्रष्टा सम्मान गरिने

समाधान संवाददाता २०८१ मंसिर २४ गते १६:३१


दुलेगौंडा
शुक्ला साहित्य संगम तनहुँले नेपाली भाषा, साहित्य तथा कलाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ८ जना स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ ।

Advertisement

प्रत्येक २/२ वर्षमा अर्पण गरिने यी पुरस्कारहरू संस्थाको अक्षयकोषबाट प्रदान गर्न लागिएको हो ।
नेपाली भाषा, साहित्य, कलाका क्षेत्रमा साधनारत प्राज्ञ हरिदेवी कोइरालालाई शुक्ला विशिष्ट सम्मान गरिने भएको छ । उनलाई १५ हजार रुपैयाँ नगदसहितको सम्मान गर्न लागिएको हो ।


शुक्ला मेनुका यादव स्रस्टा सम्मान साहित्यकार स्ट्रगल रानालाई प्रदान गरिने भएको छ । रानाले प्राप्त गर्ने सम्मानको नगद राशि ११ हजार रुपैयाँ छ । पत्रकार तथा गजलकार आरजू बिष्ट सल्यानीलाई शुक्ला सम्मान पुरस्कारबाट सम्मान गरिने भएको छ । विष्टलाई १० हजार रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिने छ ।

Advertisement

कवि यामप्रसाद सापकोटालाई शुक्ला प्रतिभा पुरस्कार र शुक्ला बाल प्रतिभा पुरस्कारबाट गायिका उर्मिला थापा, विनीता परियार र सिर्जना रानालाई सम्मान गरिने भएको छ ।


मंसिर २९ गते उक्त पुरस्कार तथा सम्मान अर्पण गरिने भएको छ । कवि सापकोटालाई प्रदान गरिने शुक्ला प्रतिभा पुरस्कारको राशि ५ हजार रुपैयाँ छ । त्यही दिनमा घोषणा हुने शुक्ला बाल पुरस्कार ३÷३ हजार रुपैयाँको रहेको संगमकी अध्यक्ष टुकादेवी पौडेल आचार्यले जानकारी दिएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया