केभसिटी सहकारीको साधारण सभा

पोखरा । केभसिटी पर्यटन सहकारी संस्था लिमिटेड पोखरा १६ बाटुलेचौरको पाँचौ साधारणसभा सम्पन्न भएको छ । सभाको उदघाटन गर्दै सहकारीका अध्यक्ष बेनीबहादुर बस्नेतले सहकारी संस्थाको मुख्य आधारशिला भनेकै यसका सदस्यहरू रहेको बताउँदै पर्यटन केन्द्रित उद्यममा जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री एवं सेयर सदस्य कुमार खड्का, सल्लाहकार नरनाथ भट्टराई, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, नयाँ किरण सहकारीका उपाध्यक्ष ओममाया नेपाली, शिक्षासेवी ताराप्रसाद तिमिल्सिना, अग्निधर शर्मा लगायतकाले निति र नियमभित्रका सहकारीमा समस्या नरहेको स्पष्ट पारे ।
सभामा लेखा संयोजक सुरेन्द्र थापा, कोषाध्यक्ष मोहनबहादुर थापा र अध्यक्ष बस्नेतले पेस गरेको वार्षिक प्रतिवेदन पारित भएको छ । सहसचिव चन्द्रा देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, सञ्चालन सचिव तुलबहादुर बस्नेत र अध्यक्ष बेनीबहादुर बस्नेतको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।








पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया