आदर्श कप फुटबल प्रतियोगितामा एन्फा कास्की सेमिफाइनलमा

लेखनाथ । कास्कीको लेखनाथ खेलमैदानमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ (एन्फा) सेमिफाइनल प्रवेश गरेको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले हराउन कास्की सफल भएको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरका थिए ।
मुकन्द निउरेले पहिलो हाफको ४५ औं मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने सेकेन्ड हाफको ७६ औं मिनेटमा पुन कास्कीकै अनिस तामाङले अर्को गोल गरेका थिए । सोमबारको खेलको म्यानअफ दी म्याचको उपाधि कास्की फुटबल संघका अनिस तामाङले पाएका छन् । उनले टर्फीसहित नगद ५ हजार रुपैयाँ पुरस्कार पाएका हुन् ।
आदर्श युवा क्लबको टिम र कास्की फुटबल संघकाबीच बुधवार खेल हुने छ भने मंगलबार सेमिफाइनल चरणको अन्तिम खेल नेपाल प्रहरी र एन्फा गोरखाका बिच हुने आयोजक संस्था आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन् ।








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया