एनप्याब्सन कास्कीको स्पोर्टस् मिट जारी

समाधान संवाददाता २०८१ मंसिर २४ गते २०:३३
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 32768; cct_value: 5500; AI_Scene: (-1, -1); aec_lux: 67.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 32;

पोखरा । एनप्याब्सन कास्कीले आयोजना गरेको १४ औं एनप्याब्सन खेलकुद महोत्सव जारी छ । छात्रा बास्केटबलतर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम, त्रिवेणी पब्लिक द्वितीय तथा कास्की मोडनाइज्ड र साइनिङ स्टार तृतीय भएका छन् ।

Advertisement

१० जोड २ तर्फ न्यु ग्यालेक्सी हाइयर सेकेन्डरी स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी दोस्रो तथा गोर्खा इंगलिस बोर्डिङ स्कुल र त्रिवेणी पब्लिक तेस्रा भएका छन् । छात्रा सेभेन ए साइड फुटबल प्रतियोगितामा हेमजा बोर्डिङ स्कुल विजयी भएको छ । सोमबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई ७–१ ले पराजित गर्दै हेमजा बोर्डिङ स्कुलले छात्र फुटबल प्रतियोगिताको विजयी भएको हो ।

यता क्रिकेटतर्फ कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको छ । सोमबार भएको फाइनल खेलमा त्रिवेणी पब्लिकलाई १० विकेटले पराजित गर्दै कास्की मोडनाइज्ड विजयी भएको हो । प्रतियोगितामा क्रिकेट संघ पोखरा माहनगरपालिकाका अध्यक्ष वीरेन्द्र पुन र एनप्याब्सन केन्द्रीय सदस्य शिवदत्त तिवारीले विजयी टिमलाई बधाई दिएका छन् ।

सोमबार नै भएको छात्र फुटबल प्रतियोगितातर्फ हेमजा बोर्डिङ स्कुलले न्यु ग्यालेक्सीलाई ६–० ले पराजित ग¥यो भने त्रिवेणी पब्लिक मावि र नेनसल क्रियसन एकेडेमी २–१ ले पराजित हुने कास्की मोडनाइज्ड एकेडेमीले हेमजा बोर्डिङलाई १–० ले पराजित गर्‍यो ।


एलपी देवकोटा मेमोरियलले टाइबेकरमा रिलायन्स पब्लिक इंगलिस स्कुल ४–३ ले पराजित गर्दा लिटिल फ्लावर एजुकेसनल एकेडेमीले न्यु लेखनाथ पब्लिक एकेडेमी ५–१ पराजित ग¥यो । यता, गण्डकी एकेडेमी कास्कीले लिटिल फ्लावर १–० ले पराजित गर्दा एलपी देवकोटाले टाइबेकरमा पुष्प सदन ४–२ ले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिए ।

Advertisement

छात्रा बास्केटबलमा ज्ञानज्योति, १० जोड २ ग्यालेक्सी, क्रिकेट कास्की मोडनाइज्ड र छात्रा फुटबलमा हेमजा विजयी

सोमबारदेखि सुरु भएको छात्रा ह्यान्डबलतर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि, युनिभर्स इंगलिस बोर्डिङ स्कुल, अक्सफोर्ड स्कुल, न्यु लेखनाथ पब्लिक एकेडेमी, न्यु ग्यालेक्सी, त्रिवेणी पब्लिक, कान्तिपुर एकेडेमी, डायमन्ड मोडल स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
छात्र ह्यान्डबलतर्फ ज्ञानज्योति विद्याकुञ्ज, अञ्जुली बोर्डिङ स्कुल, सिद्धिविनायक बोर्डिङ स्कुल, कान्तिपुर एकेडेमी लेभन रेसिडेन्टियल स्कुल, न्यु ग्यालेक्सी, लिटल फ्लावर एजुकेसनल एकेडेमी र सिद्धार्थ लबडेल बोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका ह्याण्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले जानकारी दिए ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडी विद्यार्थी ९झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा० मैदानमा प्रतिस्पर्धा गर्ने छन् । जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुने छन् भने सिनियर तर्फका खेलमा ३ हजार २ सय छात्र र २ हजार ६ सय छात्राले सहभागी जनाउनेछन् ।


कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । ४ दिनसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा कुल ९ सय २९ विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।

शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ किमी सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, ह्यान्डबल, फुटसल, एथलेटिक्स खेल भएका छन् । मंगलबार औपचारिक रुपमा पोखरा रंगशालामा उदघाटन गरिने अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया