सामसङका टिभीमा छुट

काठमाडौं । सामसङ नेपालले नयाँ टिभीहरूमा ३१ प्रतिशतसम्मको छुट अफर ल्याएको छ । यस अफरमा क्युएलइडी टिभी, क्रिस्टल युएचडी ४ के टिभी र एफएचडी टिभीको इमर्सिभ रेन्जहरु पनि समावेश गरिएको छ ।
ग्राहकले १२ महिनाको अवधिमा शून्य ब्याज दरमा मनपर्ने टिभीहरू सजिलो इएमआइमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा–फाइनान्स सेवा समावेश छ । यो सेवा ग्राहकले आफ्नो नागरिकता लिएरसामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् ।
अहिले नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन पूर्ण जोसको साथ सुरु भएसँगै धेरै नेपाली क्रिकेट फ्यान आफ्नो मनपर्ने टोलीको समर्थनमा स्टेडियममा पुगेर खुसी मनाउँदै छन् । धेरै घरबाटै लाइभ हेर्दै छन् । अब, घरबाटै हेरिरहेका दर्शकका लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सहज भएको छ ।
एक्सचेन्ज पार्टनर आर्कोस्टोरले ग्राहकले पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि उपलब्ध गराएको छ । पुस १६ गतेसम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा देशभर उपलब्ध छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया