अन्नपूर्ण अध्यक्ष कप मंगलबारदेखि

समाधान संवाददाता २०८१ मंसिर २४ गते २०:४०

पोखरा । पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबारदेखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । यही २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्ने छन् । पुरुषतर्फ १२ टिमको सहभागिता छ ।
लमजुङ बेसीशहर, अन्नपूर्ण म्याग्दी ‘ओरेन्ज’, रघुगंगा ‘ग्रे’, अन्नपूर्ण कास्की ‘ब्ल्याक’, रघुगंगा‘ह्वाइट’, मोदी गाउँपालिका पर्वत, अन्नपूर्ण कास्की ‘ह्वाइट’, अन्नपूर्ण म्याग्दी ‘ह्वाइट’, पोखरा महानगरपालिका, बेनी नगरपालिका, मादी गाउँपालिका कास्की र जलजला पर्वत पुरुषतर्फ प्रतिस्पर्धामा छन् ।

महिलातर्फ ललितपुर, अन्नपूर्ण, ग्रान्डी, मर्दीखोला ‘ए’ र ‘बी’ तथा प्रतिभा गरी ६ टिमको सहभागिता रहेको सहसचिव विश्वास गुरुङले जानकारी दिए । लिक कम नक आउटको आधारमा सञ्चालन हुने महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार १ सय ११, उपविजेताले नगद ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Advertisement

महिलातर्फका विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सिप प्लेयर, बेस्ट अफेन्सिप प्लेयर र एमभिपीलाई जनही नगद १ हजार ५ सय र अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया