गणपति लघुवित्त ९ वर्षमा
समाधान संवाददाता
२०८१ मंसिर २४ गते २०:४३

पोखरा। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडलेको आठौं वार्षिकोत्सव सोमबार भएको छ । नवौं वर्ष प्रवेश गरेको अवसरमा गणपतिले पोखरा ३२ लामेआहालमा अवस्थित राधाकृष्ण वृद्धाश्रममा ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष विश्वराज लामिछानेलाई सहयोग हस्तान्तरण गरेका हुन् । वित्तीय संस्थाले विगत लामो समयदेखि यसै वृद्धाश्रममा वार्षिकोत्सव मनाउँदै आएको छ ।
२०७३ मंसिर २४ गतेबाट कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ जिल्लामा ४३ शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । ग्रामीण क्षेत्रका करिब ३४ हजार यसका सदस्य छन् ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया