म पद छाड्न सक्छु, न्यायपालिका रिफर्मलाई छोड्न सक्दिनँ : प्रधानन्यायाधीश सिंह

पोखरा ।
न्यायको बढो लोकप्रिय कथन छ—जहाँ अधिकार हुन्छ, त्यहाँ उपचार हुन्छ ।
उपचारबिनाको अधिकार, तागत र हैसियत कति होला ? मानव अधिकारको विश्वव्यापी मान्यताले उद्घोष गर्छ कि यो नैसर्गिक अधिकार हो । मानव अधिकारको सन्दर्भ वा विषयलाई कुनै भूगोल र सिमानाले रोक्न सक्दैन । आजको विश्व र संसार तपाईं हामी सबैले नियालेर हेरौं न, कस्तो देखिन्छ ? कस्तो देखिरहेको छ ।
बमबारुदले मानव सभ्यता चाहिँ लज्जित भएको बेलामा आफ्ना दृष्टिकोण सम्प्रेषण गर्न गइरहेका छौं । मलाई लाग्छ कि मानव अधिकारको जो कुरा उठिरहेको छ, संरक्षण बडो दुरुह देख्छु । मानव अधिकार संरक्षणमा कति उत्तम अभ्यास भएका छन् ? मानव अधिकार अधितम् अभ्यास गर्न पाउने सर्वाधिक अवसर र सुयोग यहाँहरु जस्तो विद्वान कानुन व्यवसायीलाई प्रचुर छ ।
अहिले म मानव अधिकार कुरा जोडिएको हुनाले विगतका कुरा सीमित हुन्छ । तर, तपाईंहरुले भनेको कुरा मेरो मर्यादाभित्र सम्बोधन गर्न सक्ने सम्प्रेषण गर्छु । अबिचलित भइकनँ । वकालत कसरी भइरहेको छ ? के जुडिसरीलाई सेन्टरमा राखेर वकालत भइरहेको छ ? या, आफूलाई सेन्टरमा राखेर वकालत भइरहेको छ ? वा यदाकदा मुद्दा जिताइदिन्छु भनेर जिम्मा लिएको छ वा छैन ? हारजित मतलब छैन । तर, पक्षको तर्फबाट सशक्त बहस गर्छु भनेर भइरहेको छ त । आफूलाई सेन्टरमा राखेर वकालत गर्ने कुरा मैले यहाँहरुलाई सेन्टरमा राखेर गर्नै पर्दैन । तर, न्यायपालिकालाई सेन्टरमा राखेर वकालत भइरहको छ वा कि छैन । मेरो बुझाइमा न्यायपालिकालाई सेन्टरमा राखेर वकालत नगर्ने हो भने न्यायपालिका रिफर्मर असम्भव छ ।
साथीहरु, तपाईंहरु विद्वान र प्रबुद्ध पनि हुनुहुन्छ । प्रधानन्यायाधीशलाई प्रश्न गर्नुहोस्, प्रकाश राउत भएको ठाउँबाटै गर्नुहोस् । मेरो निष्ठा र मेरो क्षमता र सदासयता र मेरो भूमिकालाई परीक्षण गर्नुहोस् म त्यसका लागि जतिखेर पनि तयार नै छु ।
लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ । बहुलबवादमा प्रश्न गर्न पाइन्छ । खुला समाजमा प्रश्न गर्न पाइन्छ । तर, प्रश्न गर्न पाइन्छ भन्दैमा नाजायज, अनुचित आग्रह÷पूर्वाग्रहमा प्रतिशोध राखेर प्रश्न गर्न पाइँदैन । त्यो क्षम्य पनि हुँदैन । त्यो छलफलको विषय पनि होइन, त्यस्तो प्रश्नले साख र ओज गुमाउँछ । अल्टिमेट्ली त्यो प्रश्न आफूतिर फर्कन्छ । बोल्ने अधिकार सबैलाई छ । कहाँ संयमता अपनाउनुपर्छ । सबैको आफ्नो सीमा त होला नी । मेरो लक्षमण रेखा कहाँसम्म छ ? वकिलसाप मागे जति म पैसा दिन्छु नि मुद्दा जित्ने जिम्मा लिइदिनुप¥यो निभन्दा म यस्तो प्राक्टिस गर्दिनँ भन्ने त्यो तपाईंको कन्भिक्सन हो । त्यो प्राक्टिस अन्त गर्न पाइँदैन । यो प्राक्टिस यो लिगल ठाउँमा गर्न पाइन्छ । तपाईंहरुले अहिले विद्वताको सानदार प्राक्टिस गर्न पाउनुहुन्छ । यसले लेकखदेखि नेतासम्म बन्न पाइन्छ । यो पेशाको चामात्कारी शक्ति पनि हो । यस्तो पेशाको प्रकाश राउतले नजरअन्दाज गर्लान् । न्यायिक अक्षुणता र न्यायिक स्वतन्त्रताको यो पेशा आधारस्तब्भ हो । तपाईंहरुको पेशागत शक्तिको सार्थक योगदान न्यायपालिका रिफर्ममा हुन्छ भन्ने मेरो अन्तिम ठम्याइ र विश्वास छ ।
आजको चुनौतीपूर्ण समयमा हामीले जो कोहीँले आफ्ना परम्परागत भूमिकामा छलाङ मार्नुपर्ने देखिन्छ । अतितको सन्दर्भलाई मात्र बोकेर आजको चुनौतीको समाना गर्न सकिँदैन । अतितबाट लेसनसम्म लिने हो । आज मानव अधिकार दिवसको दिन, के साँच्चिकै कानुन व्यवसायी २१ हजार जना हो त ? कतै केही भोटका लागि मात्र होला कि । कुरा आइहाल्छ । संख्याले खास्सै म्याटर गर्दैन । व्यावसायिकता छ कि छैन भन्ने हो । व्यावसायिकताले ओतपोत भएको कानुन व्यवसायीले मात्र न्यायपालिकाको गरिमा बँचाउन सक्छ । कानुन व्यवसायीले कानुन व्यवसायी मात्र गरेर न्यायपालिकाको जनआस्था र गरिमा बढ्दैन ।
म अझै पनि भन्न चाहन्छु कि म आज क्षणमा बोल्दै गर्दा म सहकार्यको संस्कृति नै अहिलेको न्यायपालिकाको पवित्र उद्देश्य माध्यमको रुपमा मैले लिएको छु ।
सहकार्य भनेको के हो ? के खोज्छ ? त्यो सहकार्यले आइडिया, रिजनेबल ¥यास्नल, बोल्ड, स्ट्रोङ, ¥यास्नल र फियर पाट्नर पनि खोज्छ नि । धेरै आग्रह राखेर सहकार्य राख्न खोजियो भने त्यो कुरा ठिक ठाउँमा नपरेको ठान्न सकिन्छ । तपाईंले उठाएका कुरा केही कुरा छन् । अब म फर्केर आएँ ।
प्रतिवेदनतिर लाग्छु । कति मान्छेले पढ्नुभएको छ ? तपाईंले पढ्नै सक्नुहुँदैनथ्यो । टोलरेट गरेरमात्र बसेको छु । यो प्रतिवेदनमा तपाईंहरुलाई कतिवटा कुरा भनिएको थियो । तपाईंहरुले कतिवटा गर्नुभयो ? हामीले यतिवटा गर्यौं, अदालतले गरेन भन्नुपर्दैन । १० वटा नै कण्ठस्थ भन्दिन्छु ।
हाम्रो छलफल कन्टिन्यू छ । त्यसैलाई आधार बनाएर मैले पाँचौं पञ्चवर्षीय योजनाबाट अधिकांश समेटिएको छ । सबै कारबाहीमा छ । सबै सकिँदो रैनछ । यसोभन्दा कुनै आरोप लगाउन चाहन्नँ । म तपाईंहरुलाई भन्नु छु । अनलाइनबाट मुद्दा दर्ता गर्ने भनेको छ । सर्वोच्च अदालतले रिट सुरु गर्ने भन्यो । रिट दर्ता सुरु भयो । तर अनलाइनमा कतिवटा हुन्छ ? तपाईंहरुलाई थाहा छ । ६३ वटा दर्ता भएको छ । २ वटा दरपिट भएको छ । खोइ कानुन व्यवसायीहरु त्यहाँबाट आएको ?
सर्वोच्च अदालतमा दिनमै ८० वटा मुद्दा दर्ता हुन्छ । वैशाखबाट यता हजारौं भइसक्नुपर्ने । अनि, कार्यान्वयन गर्न बाँकी राख्यो । म आइसकेपछि र्यापिट्ली गएको छ । गोलाप्रथा गइरहेको छ । हामीले क्षेत्राधिकार पुनरावलोकन गर्ने भनियो । अहिले कोडिनेड भइरहेको छ । स्वचालित पेसी लागु गरेका छौं । यद्यपि लामो भयो भन्ने छ । टान्सपरेन्सी भइरहेको छ । अटोमेसनमा मुद्दा निष्पक्ष भएन भने के हुन्छ ? अचेल मुद्दा व्यवस्थापन गर्न म आफैं लागेको छु । म कानुन व्यवसायीलाई भन्छु—बरु म पद छाड्न सक्छु, जुडिसरी रिफर्मलाई म छोड्न सक्दिनँ । यो मेरो कन्भिक्सन हो । म आफैंलाई ग्याम्बल गर्न सक्छु । अरु मेरो परीक्षण गर्नुस् । मेरो हैसियतमा गर्नुस् । तपाईंहरुले जस्तो सुकै गरे पनि सबै साथीहरु सँगै नगई छलाङ मार्नै सकिँदैन । यो मेरो अटल विश्वास हो । अनुभवले मलाई त्यही दिएको हो ।
(नेपाल बार एसोसिएसनले पोखरामा मंगलबार गरेको मानव अधिकार गोष्ठीमा प्रधानन्यायाधीश राउतले गरेको सम्बोधनको सम्पादित अंश)
तपाईको प्रतिक्रिया