पोखरामा फोटोनको टेस्ट ड्राइभ

समाधान संवाददाता २०८१ मंसिर २५ गते २१:०९

पोखरा । फोटोन नेपालले माउन्टेन इभी भ्यान पोखरामा ल्याएको छ । नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको माउन्टेन इभी भ्यानमा ५३.५८ केडब्लुएच ब्याट्री छ । जसले ३ सय किमीसम्मको दायरा प्रदान गर्दछ ।

Advertisement

१३० केडब्लुएच कोचरम शक्ति र ३३० एनएमको अधिकतम टर्कसँगै यो ईभी भिराला पहाडहरुमा पनि सजिलै गुड्न सक्ने कम्पनीको दाबी छ । शुभारम्भपछि फोटोन नेपालले ग्राहकलाई ३ दिने विशेष टेस्ट ड्राइभको अवसर दिएको छ । आइतबारदेखि मंगलबारसम्म फोटोन शोरुम बुद्धचोक पोखराले यो अवसर दिएको हो ।

माउन्टेन इभी भ्यान पोखराका विद्यालय, सरकारी तथा निजी कार्यालयका लागि उपयुक्त छ । यो भ्यानमा फराकिलो भित्री भाग र विलासी डिजाइन छ । एमएडब्लुवृद्धीका प्रतिनिधि विवेक सिकरियाले देशको विविधतायुक्त र चुनौतिपूर्ण सडकलाई हेरेर वातावरणमैत्री र शक्तिशाली विकल्प फोटोन माउन्टेन ईभी भ्यानले दिएको जनाए ।

एमएडब्लुवृद्धी ग्रुपका सिईओ तुषार गुप्ताले चीनमा १९ वर्षदेखि अग्रणी ब्रान्डका रूपमा रहेको भारत र दक्षिण अमेरिकामा बलियो बजार उपस्थिति भएको फोटोनले नेपालमा पनि उस्तै लोकप्रियता पाउने विश्वास व्यक्त गरे । यो भ्यानमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ सहायता, हिल होल्ड नियन्त्रण, दुई ड्राइभिङ मोड जस्तो विशेषता छन् ।

नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लु समूहरवृद्धि समूहबीचको साझेदारीमा २०१४मा स्थापित एमएडब्लुवृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालनमा छ । व्यावसायिक र विद्युतीय सवारी साधनमा विशेषज्ञता हासिल गर्दै फोटोन, सोकोन, सेरेस, नाम्मी र चांगान जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एमएडब्लुवृद्धिले भरपर्दो स्टक, सजिलै उपलब्ध पार्टपुर्जा र गुणस्तरीय सेवा दिइने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया