कास्कीमा एनप्याब्सन खेलकुद महोत्सव आरम्भ

समाधान संवाददाता २०८१ मंसिर २५ गते २१:१३
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 8; cct_value: 5300; AI_Scene: (-1, -1); aec_lux: 137.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 35;

पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजना मंगलबारदेखि १४ औं एनप्याब्सन खेलकुद महोत्सव सुरु भएको छ । २१ गतेबाट अनौपचारिक रुपमा खेल भए पनि औपचारिक रुपमा भने मंगलबारदेखि प्रतियोगिता आरम्भ भएको हो ।

Advertisement

खेलकुद महोत्सव २८ गतेसम्म चल्नेछ । खेलकुदमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडी विद्यार्थी प्रतिस्पर्धाका गर्दै छन् । जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २ सय छात्र र २ हजार ६ सय छात्राले सहभागी जनाउनेछन् ।

कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । खेलकुद महोत्सवमा ९ सय २९ विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।

यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड भएको थियो । सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्यान्डबल, फुटसल, एथलेटिक्स पनि हुँदै छन् ।
जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्यान्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस हुँदै छन् । सिनियर छात्र–छात्रातर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड तय छन् भने छात्रतर्फ १५०० मिटरको दौड पनि हुनेछ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता हुने छन् ।

९ खेलमा २५१ स्वर्ण, २५१ रजत र ४२७ कास्य पदकका लागि प्रतिस्पर्धा

Advertisement

खेलकुद सदस्य विद्यालयका अभिभावक, खेलकुदप्रेमीसहित १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव उद्घाटन गर्दै संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानीका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘पोखरा पर्यटकको राजधानीसँगै यहाँ हुने हरेक खेलकुदका कार्यक्रममा खेलकुदको राजधानीका रुपमा पनि जोडेर लान जरुरी छ’, उनी भन्छन्, ‘पोखरालाई खेलकुदको राजधानी बनाउनका लागि मन्त्रालयबाट पनि सहयोग रहनेछ ।’

पछिल्लो समय नेपाल भएको एनपिएलले पनि खेलकुदमा भविष्य छ भन्ने देखाएको बताउँदै उनले विद्यार्थीलाई पढाइसँगै खेल क्षेत्रमा पनि समावेश हुन आग्रह गरे । नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले विद्यार्थीलाई सबल र सक्षम बनाउनका लागि खेलकुद अपरिहार्य भएको बताउँदै यस्ता खालका कार्यक्रमबाट नै निजी विद्यालयतर्फ आकर्षण बढेको उल्लेख गरे ।

मंगलबार नै भएको मार्च पासमा कास्की मोडनाइज्ड एकेडेमी प्रथम, अञ्जुली बोर्डिङ स्कुल द्वितीय, शान्तिवाटिका इंगलिस स्कुल तृतीय र मर्निङ ग्लोरी एकेडेमी स्कुल चौथा भएका छन् ।

छात्र तर्फको १५०० मिटर दौडमा सिद्धार्थ लवडेल बोर्डिङ स्कुलका दुतराज गुरुङ प्रथम, अक्सफोर्ड स्कुलका ईश्वर ढकाल द्वितीय र रिलायन्स पब्लिक इंगलिसका प्रिन्स परियार तृतीय बने । छात्रा ८०० मिटरतर्फ त्रिवेणी पब्लिकी कविता घर्ती प्रथम, हेमजा बोर्डिङ स्कुलकी स्टर मगर द्वितीय र ज्ञानज्योति विद्याकुञ्ज माविकी ओममाया गुरुङ तृतीय भएको एथलेटिक्स संयोजक केशवशरण पौडेलले जानकारी दिए ।

छात्र बास्केटबलतर्फ त्रिवेणी पब्लिक प्रथम, न्यु ग्यालेक्सी द्वितीय तथा युनिभर्स इंगलिस बोर्डिङ स्कुल र सिद्धार्थ लवडेल बोर्डिङ तृतीय भएका छन् । नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिकाप्रसाद आचार्य, नेपाल ओलम्पिक कमिटी केन्द्रीय उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, शिवराज पौडेल र तोलाकान्त न्यौपानेले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया