गण्डकीमा पर्यटनको २५ वर्षे रणनीति बनाइँदै

पोखरा । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले १ सय दिनमा उद्योगमा भन्दा पर्यटनमा बढी कार्यक्रममा गरेको छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले सार्वजनिक गरेको १ सय दिनको उपलब्धिमा पर्यटनका धेरै कार्यक्रम देखिएको छ ।
गत भदौ १७ गते मन्त्रीको पदभार ग्रहण गरेकै दिन पर्यटन नीति तर्जुमा गर्ने कार्य अगाडि बढाउने निर्णय गरेका थिए । मन्त्री बस्यालले पर्यटन दिगोपना तथा सेवाको गुणात्मकता वृद्धि गर्नुका साथै समग्र गण्डकी प्रदेशको पर्यटनको विकासका लागि नीति तर्जुमा आवश्यक रहेको बताएका थिए । सोही अनुसार उनको उपलब्धिमा पनि पर्यटन क्षेत्र प्राथमिकता छ । यो अवधिमा पर्यटन मस्यौदा तयार गरेर प्रक्रिया अघि बढाएको उनले बताए । पर्यटन क्षेत्रसँग सम्बन्धित समस्या, अवसर र चुनौतीहरुको पहिचान गरी २५ वर्षे रणनीति र कार्यक्रमको खाका समेटिने गरी प्रदेश पर्यटन गुरुयोजना मस्यौदा निर्माण गरिएको उनले जानकारी दिए ।
असोज ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित सातै प्रदेशका पर्यटन विषयका विभागीय मन्त्री, सचिव, नगरपालिका र गाउँपालिका महासंघ प्रतिनिधिको सहभागितामा पर्यटन विषयक समितिको वैठक बसी केही महत्वपूर्ण निर्णय गरिएको मन्त्री बस्यालले बताए । बैठकले हरेक ३ महिनामा एक पटक बैठक बस्ने, पर्यटन शुल्क दस्तुर÷संकलन, बाँडफाँड र उपयोगका सम्बन्धमा राष्ट्रिय मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्नेलगायत निर्णय गरेको थियो ।
यो बाहेक पर्यटन क्षेत्रका व्यावसायीहरुसँग अन्तत्र्रिmया, पर्यटन पूर्वाधार, होमस्टे पूर्वाधार, पर्यटन तथ्यांक संकलन सम्बन्धी अध्ययन कार्यदल, पदमार्ग प्रचारप्रसार, बोर्डर सिटी पर्यटन प्रवद्र्धन, विश्व पर्यटन दिवसमा नीति संवाद, टक शो, फेवाताल सरसफाइ र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहललगायतका कार्यक्रम गरिएको मन्त्री बस्यालले बताए ।
उद्योग वाणिज्यतर्पm पनि कार्यक्रम भइरहेको मन्त्री बस्यालले बताए । आफू मन्त्री भइसकेपछि गण्डकीमा ६ सय ३८ नयाँ उद्योग, ८ सय ७५ नयाँ वाणिज्य फर्म, ३ पर्यटकस्तरका होटल, ६ ट्राभल एजेन्सी, ३ ट्रेकिङ एजेन्स, ८३ ट्रेकिङ गाईड र १ सय ३२ पदप्रदर्शक दर्ता भएको उनले जानकारी दिए । सोही अवधिमा ४ हजार १११ उद्योग र ४ हजार ८८२ वाणिज्य फर्मले नवीकरण गरेका छन् । १ सय ८७ उद्योग र १ सय ९७ वाणिज्य फर्म खारेज भएको उनले सुनाए ।
प्रदेशले आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुने गरी उद्यमशीलता विकास सम्बन्धी पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको मन्त्री बस्याललले जानकारी दिए । कास्की र तनहुँको सिमाना पुँडीटार र नवलपुरको लोकाहा खोलामा बन्न लागेको प्रादेशिक औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदनको प्रक्रिया पूरा भई मन्त्रालयबाट अन्तिम स्वीकृतिको चरणमा रहेका उनले सुनाए ।
यो बाहेक उद्योग तथा वाणिज्यतर्फ वृद्धिमुखी उद्यमशीलता र रोजगारी सिर्जना कार्यक्रम, उद्योगी व्यावसायीसँग अन्तक्र्रिया, बजार अनुगमन, नवप्रवर्तनकारी कार्य, उद्योग दिवसमा अन्तत्र्रिmया लगायत कार्यक्रम गरिएको मन्त्री बस्यालले जानकारी दिए ।
मन्त्रालयले यो आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ५ दशमलव ११ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । अरु मन्त्रालयभन्दा उद्योग तथा पर्यटन मन्त्रालयको बजेट कम भएको उनको भनाइ थियो । चालु आर्थिक वर्षमा मन्त्रालयलाई ६५ करोड २० लाख ८४ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमा पहिलो चौमासिकमा ३ करोड ३२ लाख ९८ हजार रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया