बन्दिपुरमा प्राकृतिक स्रोतमा आधारित व्यवसायिक मोडेल प्रशिक्षण तालीम

तनहुँ ।
बन्दिपुरमा उद्यम विकास सहजकर्ताको लागि प्राकृतिक स्रोतमा आधारित व्यवसायिक मोडेल प्रशिक्षक तालीम भएको छ ।
युएसएआइडी जल जंगल परियोजनाको आयोजनामा भएको तालिम मंसिर १९ गते देखि २१ गते सम्म सञ्चालित थियो ।
तालिममा गण्डकी, बाग्मती र मधेश प्रदेशका गरि प्रदेशका २७ जना उद्यम विकास सहजकर्ताको सहभागी थियो ।
प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसायको प्रर्वद्धन तथा विकास गर्नु परियोजनाको उद्देश्य रहेको आयोजकले बताएको छ ।
जसमा उद्यमीहरुको आवश्यकता पहिचान गरी उद्यमशीलता विकास तथा वित्तीय साक्षरता तालीम, बजारीकरण, उपयुक्त प्रविधिमा सहजिकरण, सीप विकास तालीम, लघुवित्तमा पहुँच जस्ता समावेश छन् ।
तालिममा उद्योग क्षेत्रमा स्थानीय तहको पहल कदमी, प्राकृतिक स्रोतमा आधारित उद्योगहरुको समस्या पत्ता लगाउने वा उद्यम विकास सहजकर्ताको क्षमता विकास गर्नु, प्राकृतिक स्रोतमा आधारित उद्यमको दिगोपनबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसायको पहिचान भएको गरिएको आयोजकको भनाइ छ । युएसएआइडी जल जंगलका दिल विश्वकर्मा, निरबहादुर विक र निछा किरातले तालिम सहजीकरण गरेका थिए ।
कार्यक्रममा लैंगिक हिसां विरुद्धको १६ दिने अभियान अन्तर्गत सहभागीलाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण र लैंगिक हिसां सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया