पत्रकार महासंघ मुस्ताङमा सर्वसम्मत
समाधान संवाददाता
२०८१ मंसिर २६ गते १९:३३
![](https://www.samadhannews.com/wp-content/uploads/2024/12/Mustang-SunDevi-Rasaili.jpeg)
जोमसोम ।
मुस्ताङमा सुनदेवी रसाइली पत्रकार महासंघको अध्यक्ष निर्विरोध भएकी छन् । अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको हो । अध्यक्षसहित सबै निर्विरोध भएका छन् । उपाध्यक्ष तृष्णा गौचन, उपाध्यक्ष महिला फूलकुमारी नेपाली, सचिव आदित्य रसाइली, कोषाध्यक्ष नीरज थकाली, सहसचिव सरस्वती ल्वागुन, सहसचिव समावेशी हिक्मत नेपालीको मात्रै उम्मेदवारी परेको छ । सबै पदमा एकएकजनाको मात्रै उम्मेदवारी परेको हो ।
मुस्ताङ महासंघ जिल्ला कार्यसमिति सदस्यमा वसन्त पौडेल र पेमा छेतेन विकको उम्मेदवारी छ । केन्द्रीय परिषद सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेलको मात्रै उम्मेदवारी छ ।
सुन्दरकुमार थकाली अध्यक्ष रहेको वर्तमान कार्यसमितिको पहलमा सबै पदहरुमा सर्वसम्मतिबाट निर्विरोध पदाधिकारी तथा सदस्यहरु चयन भएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया