पत्रकार महासंघ कास्कीमा उम्मेदवारी

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ । प्रेस चौतारी कास्की र प्रेस युनियन कास्कीबाट साझा उम्मेदवारका रुपमा माधव बरालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमै प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनका तर्फबाट राजेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पत्रकार पुण्य पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
बरालको नेतृत्वमा उपाध्यक्षमा चौतारी र युनियनका तर्फबाट माधव रेग्मी उम्मेदवार बनेका छन् भने सेन्टर र समाजवादीका उम्मेदवार श्रीराम सिग्देल छन् । कमल पौडेल अथकले स्वतन्त्र उम्मेदवारी उपाध्यक्षमा दिएका छन् । महिला उपाध्यक्षमा कञ्चन थापा र बिनु मर्साङी मगरको उम्मेदवारी परेको छ । थापा चौतारी र युनियनकी साझा उम्मेदवार हुन् । मगरले अधिकारी नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।
सचिवमा युनियन र चौतारीका तर्फबाट भूपाल गुरुङ उम्मेदवार छन् भने अर्काे प्यानलबाट सन्देश श्रेष्ठ छ । श्रेष्ठ सेन्टरका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज हुन् । सहसचिवमा बरालको प्यानलबाट मधु अधिकारी र अधिकारीको प्यानलबाट श्रीभद्र पौडेलको उम्मेदवारी छ । समावेशी सहसचिवमा धनबहादुर गुरुङ र दिलप्रसाद गुरुङको उम्मेदवारी छ । धनबहादुर बराल प्यानल र दिलप्रसाद अधिकारी प्यानलका हुन् ।
कोषाध्यक्षमा राजाराम पौडेल, युवराज गुरुङ युनिश र सुरेशराज अधिकारीको उम्मेदवारी छ । त्यस्तै सदस्यमा अर्जुन सुशान्त गाहा, गौरव त्रिपाठी, बालकुमारी पौडेल (तारा), दीपक के श्रेष्ठ, तुलसीराम सुवेदी, रिखिराम जिसी, राजु गिरी, चिरञ्जीवी पौडेल उत्तम, विष्णु गौतम, नीराजन अधिकारी, सन्तोष सुवेदी र सन्दीप पौडेलको उम्मेदवारी छ । सदस्य महिलामा देविका तामाङ र कविता घर्तीमगर, सदस्य दलितमा सुरेश सुनार र सन्तोष परियार, सदस्य आदिवासी जनजातिमा पूनम थापामगर (निर्विरोध), सदस्य अन्य समावेशीमा सूर्यबहादुर परियारको उम्मेदवारी परेको छ ।
केन्द्रीय परिषद सदस्य ४ जनाका लागि एमबी आस्थामगर, भरत कोइराला, आरजू विष्ट सल्यानी, राजबहादुर गुरुङ, शिरोमणि बराल, ऋषि बराल, कृष्ण दवाडी, दीननाथ बराल, रामप्रसाद तिमिल्सिना र अमृतराज उपाध्यायको उम्मेदवारी छ ।
महासंघको निर्वाचन देशैभरि २८ मंसिरमा हुँदैछ । केन्द्र, प्रदेश र जिल्लामा एकै दिन मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । यसअघि नै केन्द्र र प्रदेशमा उम्मेदवारी दर्ता गरिएको छ । जिल्लाका लागि २६ गतेको दिन तोकिएको थियो ।
तपाईको प्रतिक्रिया