कास्कीको मादीमा भरुवा बन्दुकसहित २ पक्राउ

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ७ का दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । सोमबार दिउँसो कास्की प्रहरीले मादी ७ मेलवोट बस्ने वर्ष ३२ का कुलप्रसाद विक र मादी ७ को पानीघाट बस्ने वर्ष २२ का सुमन तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा ६ म्याद थप गरी अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । सोमबार दिउँसो मादी ७ मेलबोट, लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासी पड्किदा विनोद सुनार घाइते भएका थिए ।
सुनारलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको भन्ने सूचना प्ताप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले कुलप्रसाद विकको गाईगोठ नजिकै भरुवा बन्दुक फेला पारेको थियो ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया