एनप्याब्सन स्पोर्टस् मिट
फुटसलमा त्रिवेणी र टेबलटेनिसमा वड्सको जित

पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा १४ औं एनप्याब्सन खेलकुद महोत्सव जारी छ । १० जोड २ तर्फको फुटसल प्रतियोगितामा त्रिवेणी पब्लिक विजयी भएको छ ।
बुधबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई २–१ ले पराजित गर्दै त्रिवेणी पब्लिक विजयी भएको हो । कास्की मोडनाइज्ड एकेडेमी दोस्रो हुँदा प्रतियोगितामा लिटिल फल्वार एजुेकेसनल एकेडमी र न्यू लेखनाथ पब्लिक एकेडेमी तृतीय भएको १० जोड २ फुटसल संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
टेबलटेनिसतर्फ छात्रा सिनियर तर्फ वड्स एकेडेमी प्रथम भएको छ । अल्फा एकेडेमी द्वितीय तथा लाभिन रेसिडेन्सियल स्कुल र युनिभर्स इंगलिस वोर्डिङ स्कुल तृतीय भएका छन् । छात्र सिनयरतर्फ वड्स एकेडेमी प्रथम, त्रिवेणी पब्लिक द्वितीय तथा गण्डकी एकेडेमी र सिद्धिविनायक वोर्डिङ स्कुल तृतीय भएको टेबलटेनिस संयोजक शिवराज पौडेलले जानकारी दिए । जुनियर तर्फको छात्र छात्रा खेल बिहीबार बिहानदेखि सञ्चालन हुनेछन् ।
बुधबार नै भएको छात्र ह्यान्डबल खेलतर्फ अञ्जुली बोर्डिङ स्कुल, सिद्धिविनायक बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी, सिद्धार्थ लवडेल सेमिफाइनल प्रवेश गरेका छन् भने छात्रातर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि, अक्सफोर्ड बोर्डिङ स्कुल, त्रिवेणी पब्लिक र कान्तिपुर एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको ह्यान्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले बताए ।
खेलकुद महोत्सव २८ गतेसम्म चल्नेछ । खेलकुदमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडी विद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा छन् ।
जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २ सय छात्र र २ हजार ६ सय छात्राले सहभागी जनाउनेछन् ।
कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । खेलकुद महोत्सवमा कुल ९ सय २९ विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड छ । योसँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, ह्यान्डबल, फुटसल, एथलेटिक्सका खेल हुँदै छन् ।
जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस छ । सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता छ।
हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साइड फुटसल प्रतियोगिता हुँदै छ । खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीसहित १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया