पोखरा महोत्सवलाई प्रज्ञा प्रतिष्ठानको साथ

समाधान संवाददाता २०८१ मंसिर २६ गते २०:५६

पोखरा । आगामी पुसको २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगिताको खर्च प्रतिष्ठानले व्यहोर्ने भएको हो ।

Advertisement

बुधवार क्लब अध्यक्ष लोकबहादुर थापा र प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीबीच यसबारे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानका कुलपति बिखर्चीले सामाजिक कामसँगै युनाईटेड क्लबले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरी कला तथा साहित्यको संरक्षणमा समेत टेवा पुर्‍याउँदै आएको जनाए ।

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लबले सामाजिक सेवासँगै लोक संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने काम गरेकाले अघिल्लो संस्करणदेखि विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै यो वर्ष पनि निरन्तरता दिएको बताए । क्लब अध्यक्ष लोकबहादुर थापाले युनाइटेड क्लबले सामाजिक कामसँगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि रहँदा गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ र सहयोगले थप हौसला प्रदान गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया