तीलकले ल्याए ‘नेपाली सुरकर्मी र सिर्जना’

समाधान संवाददाता २०८१ मंसिर २६ गते २१:०२

पोखरा । लेखक तथा सञ्चारकर्मी तिलकप्रसाद पुन पुर्जाको चौथो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा आयोजित कार्यक्रममा लेखक पुर्जाको ६१ औं जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार लोकार्पण गरेका हुन् ।

Advertisement


आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका कला, साहित्य र सिर्जनाको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा उल्लेख गरे । प्रकृति प्रतिको लेखक पुर्जाको समर्पण उदाहरणीय रहेको उनले बताए । लेख तथा रचना मार्फत वातावरण प्रति सचेतना जगाउने सन्दर्भमा पुर्जाजस्ता सर्जकहरूको योगदान उल्लेखनीय रहेको गौतमले सुनाए ।

Advertisement

४६ जना सुरकर्मीहरूको कलाप्रतिको योगदान, संघर्ष र जीवनीबारेमा लेखिएको पुस्तक माथि प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले टिप्पणीसहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राखे । समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रुद्रबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल लगायतले पुर्जाको कृतिका बारेमा बोलेका थिए ।

यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेलीहरू, बस्तीभित्र र साइनो नामका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पुर्जाले सामाजिक, सांस्कृतिक र समसामयिक विषयवस्तुहरूमा कलम चलाउँछन् । लामो समयदेखि पत्रकारितामा समेत क्रियाशील पुर्जा भुइँमान्छेहरुको पक्षमा कलम चलाउन रुचि राख्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया