नेसनल लाइफको गण्डकी प्रदेश कमिटी
लेखनाथ । पेशागत बिमा अभिकर्ता संघ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिमक समिति गण्डकी प्रदेशको भेलाले मोतीप्रसाद पौडेलको संयोजकत्वमा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा दुर्गाराम सुवेदी र सन्तोष गुरुङ छन् भने सचिवमा हिरालाल श्रेष्ठ, सहसचिव वीरेन्द्र श्रेष्ठ र निर्मला अधिकारी र सदस्यमा लेखनाथ अधिकारी, वसन्त थापा, तुलबहादुर गुरुङ, कल्पना आचार्य, कमला भटराई र हर्कबहादुर थापा छन् ।
भुवानीप्रसाद अधिकारीको संयोजकत्वमा बनेको तीन सदस्यीय निर्वाचन उपसमितिले यसका लागि सहजीकरण गरेको थियो । कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीले बिमाका बारेमा घर घरमा पुगेर बिमितलाई सुसूचित गराउने र अभिकर्ताको पेशागत मर्यादा र हकहितका सवालमा संघले आवाज उठाउँदै आएको जनाए ।
वरिष्ठ प्रवन्धक सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिमक समितिका केन्द्रीय अध्यक्ष गोविन्द अधिकारीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया