कालिखोला सेतिदोभान जोड्ने झोलुङ्गे पुल शिलान्यास
समाधान संवाददाता
२०८१ मंसिर २६ गते २१:०६
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित कालिखोला सेतिदोभान जोड्ने झोलुङ्गे पुल बुधबार शिलान्यास गरिएको छ ।
पुलको शिलान्यास गर्दै वडा नम्बर २० का वडा अध्यक्ष गंगाबहादुर खत्रीले विकासका लागि सबैले हातेमालो गरी अगाडि बढ्न वडाबासीलाई आग्रह गरे । विकासका लागि आफूले कुनै राजनीतिक पूर्वाग्रह नराखी वडाको विकासका हिँडेको बताउँदै यस झोलुङ्गे पुल बनेसँगै दाहसंस्कारका लागि घाटमा जानका लागि हाल भइरहेको समस्या टर्ने बताए ।
झोलुङ्गे पुल बनेपछि साविक भलाम १, २, ६, ७, ८ र ९ नम्बर वडाका लागि घाटसम्म जान आउन सहज हुनेछ । नौलो घुम्तीको प्राविधिक सहयोग रहेको पुलको कुल बजेट ५३ लाख रहेको समितिका सचिव रेशम खत्रीले बताउँदै पुल माघ मसान्तसम्म सम्पन्न हुने जानकारी दिए । शिलान्यास कार्यक्रममा वडाबासीको सहभागिता थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया