रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
समाधान संवाददाता
२०८१ मंसिर २७ गते १२:३६
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गइएको हो ।
लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।
सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइला सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरी हिरासतमा छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया