आदर्श कप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल फाइनलमा

समाधान संवाददाता २०८१ मंसिर २७ गते १९:२६

लेखनाथ । सशस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लेखनाथ रंगशालामा बिहीबार भएको खेलमा सशस्त्रले गोर्खा फुटबल क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
सशस्त्रका सुजन तामाङले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए । उनको गोल नै सशस्त्रको जितमा निर्णायक बन्यो । खेलमा सशस्त्रका गोलकिपर अजितकुमार विक म्यान अफ द म्याच बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् ।

Advertisement

शनिबार सशस्त्र प्रहरी बल गण्डकी र कास्की ११ का बीच फाइनल खेल हुने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । कास्कीले बुधबार पेनाल्टी सुट आउटमा आयोजक आदर्शलाई ४–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

गण्डकी प्रदेशबाट ८ समूहको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ र उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र दिइनेछ ।

Advertisement

विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया