एनप्याब्यन स्पोर्टस् मिट शुक्रबार सकिने

पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजना गरेको १४ औं एनप्याब्सन खेलकुद महोत्सव शुक्रबार सकिँदै छ । १०० मिटर छात्र जुनियरतर्फ कास्की मोडनाइज्ड एकेडेमीका युनिश घले प्रथम, अक्सफोर्ड स्कुलका युवराज गुरुङ द्वितीय र एलपी देवकोटा मेमोरियलका मिलन थापा तृतीय भएका छन् ।
१०० मिटर छात्रा जुनियरतर्फ चिल्ड्रेन्स एकेडेमीकी समीक्षा थापा प्रथम, हेमजा बोर्डिङ स्कुलकी पुर्निमा कुँवर द्वितीय र कास्की मोडनाइज्ड एकेडेमीकी निरुशा गुरुङ तृतीय बने ।
१०० मिटर छात्र सिनियरतर्फ कास्की मोडनाइज्डका श्रवण गुरुङ प्रथम, सिद्धिविनायक बोर्डिङ स्कुलका दिप्सन घर्ती द्वितीय र लिटिल फ्लावर एजुकेसनल एकेडेमीका विवश विक तृतीय भए ।
१०० मिटर छात्रा सिनियरतर्फ त्रिवेणी पब्लिककी एञ्जेल अधिकारी प्रथम, हेमजा बोर्डिङ स्कुलकी विपना परियार द्वितीय र कास्की मोडनाइज्डकी शिक्षा खड्का तृतीय भए । ४०० मिटर छात्र जुनियरतर्फ हेमजा बोर्डिङ स्कुलका सुमित विक प्रथम, सिद्धार्थ लवडेलका सन्तोष गुरुङ द्वितीय, फेवा बोर्डिङ स्कुलका सकरित परियार तृतीय भए ।
४०० मिटर छात्रा जुनियरतर्फ चिल्ड्रेन एकेडेमीकी आयुषा ठकुरी प्रथम, हेमजा बोर्डिङ स्कुलकी अपेक्षा केसी द्वितीय र नेसनल क्रियसन एकेडेमीकी श्रीया थापा तृतीय भइन् । ४०० मिटर छात्र सिनियरतर्फ हेमजा बोर्डिङ स्कुलका दीपेन सुनार प्रथम, अक्सफोर्ड स्कुलका मोहम्मद अराध द्वितीय र होली माउन्ट इङलिस सेकेन्डरी स्कुलका उमेश पुर्जा तृतीय भए । ४०० मिटर छात्रा सिनियरतर्फ कास्की मोडनाइज्ड एकेडेमीकी शीतल भण्डारी प्रथम, चिल्ड्रेन्स एकेडेमीकी नजमिन खातुन द्वितीय र लिटिल फ्लावर एजुकेसनल एकेडेमीकी जसमिन श्रेष्ठ तृतीय भए ।
८०० मिटर छात्र सिनियरतर्फ न्यू लेखनाथ पब्लिक एकेडेमीका सुरज विक प्रथम, होली माउन्ट इङलिस सेकेन्डरीका विन्यामिन डाँगी द्वितीय र हेमजा बोर्डिङ स्कुलका दीपेन सुनार तृतीय भए । हाइजम्प छात्र सिनियरतर्फ कास्की मोडनाइज्डका सुवास गुरुङ प्रथम तथा लिभेन लाभिन रेसिडेन्सियल स्कुलका समीपराज आचार्य र एलपी देवकोटाका विश्वास सुनार द्वितीय भए । हाइजम्प छात्रा सिनियरतर्फ हेमजा बोर्डिङकी जेनिशा भण्डारी प्रथम, लाभिन रेसिडेन्सियल स्कुलकी स्पन्दन पौडेल द्वितीय र मोर्निङ ग्लोरीकी विपशा विक तृतीय भए ।
लङजम्प छात्रा जुनियरतर्फ लिटल फ्लावर एजुकेसनल एकेडेमीकी सुप्रिया कुमाल प्रथम, डायमन्ड मोडेल स्कुलकी नम्रता तिवारी द्वितीय तथा अक्सफोर्ड स्कुलकी रिदिसा सुनार र युनिभर्स इंगलिस बोर्डिङ स्कुलकी परी केसी तृतीय भए ।
लङजम्प छात्र जुनियरतर्फ नेसनल क्रियसन एकेडेमीका मसुम अन्सारी प्रथम, ओम एकेडेमीका अरुण परियार द्वितीय र अक्सफोर्ड स्कुलका युवराज गुरुङ तृतीय भएको एथलेटिक्स संयोजक केशवशरण पौडेले बताए ।
टेबलटेनिस छात्रा जुनियरतर्फ फेवा बोर्डिङ प्रथम, नेशनल क्रियसन द्वितीय तथा अल्फा बोर्डिङ र गोर्खा बोर्डिङ स्कुल तृतीय भए । छात्र जुनियरतर्फ गण्डकी एकेडेमी प्रथम, सिद्धिविनायक बोर्डिङ दोस्रो तथा वड्स एकेडेमी र साइनिङ स्टार तृतीय भएको टेबलटेनिस संयोजक शिवराज पौडेलले बताए ।
छात्रा भलिबलतर्फ नेसनल क्रियशन प्रथम, युनिभर्स द्वितीय तथा सिद्धार्थ लवडेल र त्रिवेणी पब्लिक तृतीय भएका छन् । ह्यान्डबल छात्रातर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम, कान्तिपुर एकेडेमी द्वितीय तथा त्रिवेणी पब्लिक र अक्सफोर्ड स्कुल तृतीय भएका छन् भने छात्रतर्फ सिद्धार्थ लवडेल प्रथम, अञ्जुली बोर्डिङ द्वितीय तथा सिद्धिविनायक बोर्डिङ स्कुल र न्यू ग्यालेक्सी तृतीय भएको ह्यान्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले जनाए ।
ब्याडमिन्टन सिनियर छात्र डबलतर्फ कास्की मोडनाइज्डका रोहित श्रीसमगर र ओजन भण्डारी प्रथम, सिद्धिविनायक बोर्डिङका अर्विन विश्वकर्मा र दिप्सन घर्ती क्षेत्री द्वितीय तथा न्यू ग्यालेक्सीका दिपेश भण्डारी र प्रतीक मगर, अल्फा एकेडेमीका विवान विके र रोहन घर्ती तृतीय भए ।
छात्रा सिनयर डबल्सतर्फ कास्की मोडनाइज्डकी खुसी दाहाल र एञ्जीला गुरुङ प्रथम। त्रिवेणी पब्लिककी विविशा लामिछाने र अंकिता भुर्तेल द्वितीय तथा सिद्धिविनायक बोर्डिङकी सन्ध्या शर्मा र करुणा पुर्जा, लिटिल फ्लावर एजुकेसनल एकेडेमीका सायीसा गुरुङ र मोनालिशा गुरुङ तृतीय ठहरिए ।
जुनियर छात्रतर्फ फेवा बोर्डिङका आयुष नेपाल प्रथम, पुष्प सदन एकेडेमीका रचित तामाङ द्वितीय तथा ज्ञानज्योति बोर्डिङका सफल खत्री र गोर्खा इंगलिस बोर्डिङ स्कुलका आरभ थापा तृतीय भए । जुनियर छात्रातर्फ कास्की मोडनाइज्ड एकेडेमीकी खुसी दाहाल प्रथम, श्रीरत्न ज्योति बोर्डिङ स्कुलका मनिता छन्त्याल द्वितीय तथा त्रिवेणी पब्लिकका युजिना गुरुङ र अञ्जुली बोर्डिङ स्कुलकी सायरुन आले तृतीय भएको ब्याडमिन्टन संयोजक ज्ञानेन्द्रबहादुर थापाले जानकारी दिए ।
बिहीबार नै भएको छात्र फुटबलको पहिलो सेमिफाइनलमा गण्डकी एकेडेमी फाइनलमा प्रवेश गरेको छ । एलपी देवकोटा मेमोरियल बोर्डिङलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै गण्डकी फाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनलमा कास्की मोडनाइज्ड एकेडेमी त्रिवेणी पब्लिकलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले बताए । शुक्रबार कास्की मोडनाइज्ड एकेडेमी र गण्डकी एकेडेमीबीच फाइनल खेल हुनेछ । खेलकुद महोत्सवसमेत शुक्रबार नै सकिनेछ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया