‘लैंगिक हिंसा रोक्न संयुक्त पहल’

समाधान संवाददाता २०८१ मंसिर २८ गते ११:१८

काठमाडौं ।
एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न जनसचेतनामूलक कार्यक्रम भएका छन् । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसारभर मनाइने यस अभियानको समापान मंगलबार भएको हो ।

Advertisement


१६ दिने अभियानको सुरुवात ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू’ शीर्षकको ज्ञानवर्धक पुस्तिका सार्वजनिक गर्दै भएको थियो । यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकार सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानबारे समुदाय र सरोकारवालालाई जानकारी दिने उद्देश्य लिइएको छ ।


अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कुल’ कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

Advertisement

यो पहलले सरकारी तथा निजी गरी १२ विद्यालयमा करिब १ हजार ७ सय विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराई विद्यार्थी र शिक्षकलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नैपर्ने विषयमा जानकारी दिने दिइएको थियो ।


अभियानका दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरु विद्यालयहरूमा सञ्चालन गरिए । अभियानको समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मंजली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेल लगायतल सहभागी थिए । सो अवसरमा भएके लैंगिक असमानता, जलवायु परिवर्तन र महिलामाथि हुने हिंसाका चुनौती र समाधानबारेको प्यानल डिस्कसनको सञ्चालन जोन्टा इन्टरनेसनल जिल्ला २५ समिति अध्यक्ष सोनी जोशीले गरेकी थिइन् ।

Advertisement


प्यानलमा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर विशाखा लक्ष्मी खड्का, खालिसिसीका सिईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, इसिमोडकी मन्दिरा श्रेष्ठ, र युनेस्कोकी जुही अधिकारी लगायत सहभागी थिए । छलफल सहकार्यमा आधारित समाधान अपनाई लैंगिक असमानता समाधान गर्ने, जलवायु परिवर्तनले प्रभावित हुने जनसमुदायलाई सहयोग पु¥याउने र यसमा युवाको भुमिका र उपाय केन्द्रित थियो ।


एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआरले खड्काले यस अभियानले संयुक्त रुपमा गरेका पहलले अर्थपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘सरोकारवालालाई समेटेर युवाको आवाजलाई सशक्त बनाउँदै हामीले लैंगिक हिंसामुक्त भविष्य निर्माणतर्फ हाम्रो पहल र आवश्यक सहयोग सुरु गरेका छौं ।’

तपाईको प्रतिक्रिया