नेसनल लाइफ इन्स्योरेन्सको प्रदेश कमिटी

लेखनाथ ।
पेशागत बिमा अभिकर्ता संघ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिमक समिति गण्डकी प्रदेशको भेलाले मोतीप्रसाद पौडेलको संयोजकत्वमा नयाँ समिति चयन गरेको छ ।
उपाध्यक्षमा दुर्गाराम सुवेदी र सन्तोष गुरुङ छन् भने सचिवमा हिरालाल श्रेष्ठ, सहसचिव वीरेन्द्र श्रेष्ठ र निर्मला अधिकारी र सदस्यमा लेखनाथ अधिकारी, वसन्त थापा, तुलबहादुर गुरुङ, कल्पना आचार्य, कमला भटराई र हर्कबहादुर थापा छन् ।
भुवानीप्रसाद अधिकारीको संयोजकत्वमा बनेको तीन सदस्यीय निर्वाचन उपसमितिले यसका लागि सहजीकरण गरेको थियो । कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीले बिमाका बारेमा घर घरमा पुगेर बिमितलाई सुसूचित गराउने र अभिकर्ताको पेशागत मर्यादा र हकहितका सवालमा संघले आवाज उठाउँदै आएको जनाए ।
वरिष्ठ प्रवन्धक सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिमक समितिका केन्द्रीय अध्यक्ष गोविन्द अधिकारीले पनि बोलेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया