पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना

समाधान संवाददाता २०८१ मंसिर २८ गते १३:०८

पोखरा ।

Advertisement

सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।


बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

Advertisement


बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । त्यसपछि चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सुझाव दिएपछि जोशीलाई भर्ना गरिएको हो ।


असोज ६ गते काठमाडौंबाट पक्राउ परेका जोशी कास्की प्रहरी हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

Advertisement


उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया