प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ

समाधान संवाददाता २०८१ मंसिर २८ गते १६:५४

पोखरा ।

Advertisement

गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले शुक्रबार शपथ ग्रहण गरेकी छन् । नेपाली कांग्रेसकी समानुपातिक तर्फबाट निर्वाचित थापालाई प्रदेश सभा सचिवालायमा सभामुख कृष्णप्रसाद धितालले शपथ गराएका हुन् ।

प्रदेश सभा सदस्य विमला गौचनको निधन भएपछि खाली भएको पदमा थापा निर्वाचित भएकी हुन् । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुनीताले सुन्न सक्दिनन् । गण्डकी प्रदेश सभामा अपांगता भएकाहरुका व्यक्तिहरुबाट अब सुनीताले नै प्रतिनिधित्व गर्ने भएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया