पत्रकार महासंघ पर्वत अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा   

समाधान संवाददाता २०८१ मंसिर २९ गते ६:१३

पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा २ जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।

Advertisement

समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक निर्वाचित भए ।

   
महासंघका सदस्यमा संगीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा चुनिए ।     
    
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भए भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भए । अध्यक्ष सापकोटा राष्ट्रिय समाचार समिति (रासस)को पर्वत प्रतिनिधि हुन् ।  

Advertisement

तपाईको प्रतिक्रिया