नेपाल प्रहरीका २ डिआइजी एआइजी बढुवाका लागि सिफारिस   

समाधान संवाददाता २०८१ मंसिर २९ गते ६:१७

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।    
    
गृह मन्त्रालय बढुवा समिति, सचिवालयको शुक्रबार साँझ बसेको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

Advertisement

   
सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया