नेपाल पत्रकार महासंघ म्याग्दी र मुस्ताङमा निर्विरोध

समाधान संवाददाता २०८१ मंसिर २९ गते ६:२४

म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी र मुस्ताङ शाखाका पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि म्याग्दीमा हरिकृष्ण गौतम र मुस्ताङमा सुनदेवी रसाइलीको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको हो ।

Advertisement

म्याग्दी शाखाको उपाध्यक्षमा दलप्रसाद बिक अमित, अमृतप्रसाद पौडेल, सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उमेद्वारी परेकाले निर्विरोध भएको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले बताए । यसैगरी केन्द्रीय परिषद् सदस्यमा विनोद धौलागिरी चयन भएका छन् ।

मुस्ताङको उपाध्यक्षमा तृष्णा गौचन, महिला उपाध्यक्षमा फुलकुमारी नेपाली, सचिवमा आदित्य रसाइली, सहसचिवमा सरस्वती ल्वागुन, हिस्मत नेपाली र कोषाध्यक्षमा निरज थकाली निर्वाचित भएका छन् । सदस्यमा बसन्त पौडेल, पेमा छोतेन गुरुङ, केन्द्रीय परिषद् सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद् सदस्यमा लक्ष्मी पौडेल चयन भएको निर्वाचन अधिकृत भिमबहादुर रसाइलीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया