पाल्पाली समाज पोखराको ३१ औं स्थापना दिवसमा रक्तदान, ५० युनिट संकलन

पोखरा । पाल्पाली समाज पोखराको ३१ औं स्थापना दिवसको सन्दर्भमा शनिबार खुल्ला रक्तदान गरिएको छ । लायन्स क्लब अफ पोखरा अटोमोवाइल्स टाउन र सिटिजन फर्निचर ट्रेड लिन्क न्युरोडसँगको सहकार्यमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको अध्यक्ष बालचन्द्र परियारले जानकारी दिए ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले पहिलो रक्तदाता सन्तोष परियारलाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरे । उनले रक्तदान सामाजिक तथा पवित्र काम भएको बताए ।
कार्यक्रममा नेपाल स्वंयसेवी रक्तदाता समूह कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, समाजका वरिष्ठ उपाध्यक्ष श्रीधर पराजुली, समाजका पूर्व अध्यक्ष तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरन्जीवी श्रेष्ठ, समाजका महासचिव सञ्जय आत्रेय, समाजका उपमहासचिव तथा कार्यक्रम संयोजक रमेश पौडेल, समाजका प्रमुख सल्लाहकार जनपुकार मुनकर्मी, लायन्स क्लब अफ पोखरा अटोमोवाइल्स टाउनका जोन चियर पर्सन सावित्री भट्टराई, चार्टर अध्यक्ष पदमप्रसाद पोखरेल लगायतले रक्तदान कार्यक्रमको महत्वबारे बोलेका थिए ।
समाजको ३१औं स्थापना दिवसको सन्दर्भमा समाजले शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका रामनदीका ज्येष्ठ नागरिकलाई खाद्यान्य फर्निचर तथा लत्ता कपडा प्रदान गरेको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया