लेकसिटी कलेजमा कार्निभल, उत्साहजनक सहभागिता

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर पोखराले शनिबार कार्निभल आयोजना गरेको छ ।
पोखरा ४ गैह्रापाटनमा रहेको कलेज परिसरमा तेस्रो लेकसिटी कार्निभल भएको हो ।
कलेज सञ्चालक समिति अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले कार्निभल सुरुआत गरे । कलेज परिसरको खेल मैदानमा सांस्कृतिक कार्यक्रमका लागि मुख्य मञ्चसहित ११ स्टलहरु राखिएका थिए । ती स्टलमा स्थानीय उत्पादन मह, अचार, सातु, कपडाका झोला, हस्तकला, सजावट, सौन्दर्य सामग्री लगायतको प्रदर्शनी र बिक्री गरिएको छ ।

खानाका परिकारहरु सेलरोटी, तरकारी, अचार, मम, चाउमिन पानीपुरी, चटपट पनि राखिएका थिए । कलेजमा अध्ययन गरिरहेका र पूर्वविधार्थी आफैंले ती स्टलको व्यवस्थापन गरेको क्याम्पस प्रमुख प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिए । टेलिकम कम्पनी एनसेलले सेवा, सुविधाबारे कार्निभलमा स्टल राखेर सहभागीलाई जानकारी दिएको थियो । एनसेलले कलेजमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरुलाई निशुल्क सिम वितरणसमेत गरेको छ ।
कार्निभललाई थप मनोरञ्जनात्मब बनाउन विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरे ।
गायन, नृत्य, लाखेनाच सहितका सांगीतिक र सांस्कृतिक कार्यक्रमले कलेजको खुला मैदानमा जम्मा भएका सबैलाई मोहित पारेको थियो ।
कलेजकी पूर्वविधार्थी सपना गायकले कार्यक्रम सञ्चालन गरेकी थिइन् । साँझ आयोजित कन्सर्टमा कर्खा र अपरिमित ब्यान्डको सांगीतिक प्रस्तुति थियो । कार्निभललाई विजय आभूषण र रोजिना अफसेट प्रेसले प्रायोजना तथा लिचीबोट पार्टी प्यालेस, लोटस युनिफर्म र हलमार्कले सहयोग गरेका थिए ।
आगामी वर्ष पनि यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले बताए । लेकसिटीले सामाजिक विज्ञान केन्द्रको मौलिक प्रस्तुतिका रुपमा हरेका महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।
त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य पठनपाठन हुन्छ । हाल कलेजमा ३ सय ५० विद्यार्थी छन् ।










गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया