कालिका क्याम्पसमा स्वागत

पोखरा ।
कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई शुक्रबार स्वागत गरिएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीले क्याम्पसको विकास र विस्तारका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण रहने र गुणस्तरीय शिक्षाका लागि क्याम्पस सञ्चालक समिति सधैं तत्पर रहेको बताए ।
उनले क्याम्पसबाट अध्ययन पूरा भएका विद्याथी बेरोजगार बस्न नपर्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पस लागिपरेको उल्लेख गरे । क्याम्पस प्रमुख बिरन्जी गौतमले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै लक्ष्य प्राप्त गर्नका लागि अनुसासित भई घर, समाज र देशका लागि योगदान गर्ने
क्याम्पसका शिक्षक तथा पूर्व विद्यार्थी सन्तोषमणि आफू कक्षा ११ देखि स्नाकोत्तरसम्म त्यसै क्याम्पसमा अध्ययन गरेको अनुभव सुनाए । कालिका कल्याणकारी समिति अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना र युवराज गुरुङ, विद्यार्थी रोशन रानाभाट, समितिका सदस्य जीवन पतनीले पनि बोलेका थिए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया