पोखराका वडाहरूमा एमालेको नयाँ नेतृत्व

समाधान संवाददाता २०८१ मंसिर ३० गते १९:०५

पोखरा । नेकपा (एमाले) पोखरा महानगरपालिका वडा नम्बर ८ वडा कमिटीको दोस्रो वडा अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष दीपकराज घिमिरेको नेतृत्वमा सर्वसम्मत रुपमा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष गोविन्द बराल, सचिव चन्द्र गिरी, उपसचिवमा डम्बरराज सुवेदी र रमा घिमिरे छन् ।

कमिटीको सदस्यमा दुर्गाप्रसाद बराल, मीरा अधिकारी, मनलक्ष्मी कार्की, मीलन खड्का, अर्जुन श्रेष्ठ, खड्ग केसी क्षत्री, शोभा पौडेल, आशा जिसी, कमला गुरुङ, सुष्मा खनाल, नवराज बराल, जमुना पौडेल, सञ्जीव बराल रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
कमिटीको थप सदस्यमा लक्ष्मी विक, गोकर्ण अधिकारी, राधा गुरुङ, देवी गुरुङ, मुक्ति चालिसे, रामजी घिमिरे, हीराकाजी श्रेष्ठ, विन्दुकुमारी पौडेल, राधिका थापा छन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले अधिवेशनको उद्घाटन गरिन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सिर्जना शर्मा, गण्डकी प्रदेश सल्लाहकार परिषद्का सदस्य ऋषिराम गौतम, जिल्ला कमिटीका सदस्यहरु कमला गिरी र रिना थापा, लेखा आयोगका सदस्य यमनाथ पौडेल, पोखरा महानगर कमिटीका सदस्यहरु ईश्वरप्रसाद सुवेदी र कुलमाया पौडेल, पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, अखिल नेपाल महिला संघ कास्कीका सदस्य किरण गौतम लगायतले पार्टीको संगठन सुदृढीकरणको बारेका बोलेका थिए ।

Advertisement

यसैगरी नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी पोखरा ९ को दोस्रो अधिवेशनबाट अध्यक्षमा सरस्वती श्रेष्ठ चुनिएकी छन् । कमिटीका उपाध्यक्ष बाबुराम श्रेष्ठ, सचिव कृष्ण परियार, उपसचिवमा ध्रुव थापा र लेखमाया थापा छन् । एमाले पोखरा ६को दोस्रो अधिवेशनले अध्यक्ष जमुनादेवी पराजुलीको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरेको छ ।

एमाले पोखरा ४ को अध्यक्ष पार्वती श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

Advertisement

एमाले पोखरा ११ मा अध्यक्ष टीकाराम लामिछानेको नेतृत्वमा नयाँ वडा कमिटी गठन भएको पार्टीका केन्द्रीय सदस्य प्रभा कोइरालाले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया