लिट्मस इन्डस्ट्रिजद्वारा नेपालमा पहिलो पटक एक्सएलपिई कभर्ड कन्डक्टर उत्पादन सुरु

समाधान संवाददाता २०८१ मंसिर ३० गते १९:३४

पोखरा । नेपालको केबल, तार, तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन शुरु गरेको छ। २०,हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको कम्पनीले दावी गरेको छ।

Advertisement

कम्पनीका अनुसार उच्च गुणस्तर र टिकाउपनाका सर्वोच्च मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टरहरू ईएन ५०३९७ र आईएस ३९८ –भीआई अन्तर्गत प्रमाणित छन् ।

एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, उच्च–गुणस्तरको क्रस–लिङ्किङका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश रहेको कम्पनीले जानकारी दिएको छ।

११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ । वातावरणीय अनुकूलताको लागि तयार पारिएका यी कन्डक्टरहरू टिकाउ र भरपर्दो रहेको कम्पनीको दावी छ। यी उत्कृष्ट कन्डक्टरहरूले घरेलु पूर्वाधार तथा सीमा–पार बिजुली निर्यातलाई समेत प्रभावकारी बनाउने अपेक्षा कम्पनीले लिएको छ।

लिट्मस इन्डस्ट्रीजले घरायसी तार, औद्योगिक केबल र वातावरण मैत्री हलोजन–रहित इकोवायर लगायत विभिन्न उच्च गुणस्तरीय उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया