पेट्रोलको भाउ बढ्दा डिजेल र मट्टितेलको घट्यो
समाधान संवाददाता
२०८१ मंसिर ३० गते २०:२४

पोखरा। नेपाल आयल निगमले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ ।
समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ ।
योसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने नेपाल आयल निगमले जनाएको छ ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया