लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ गतेदेखि माघ १ गतेसम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सवका लागि ७५ प्रतिशत स्टल बुकिङ भएका छन् ।
महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबारसम्म २ सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए ।
पहिलो चरणमा संघका सदस्यहरुका लागि लक्ष्य गरी मंसिर १७ गतेबाट स्टल बुकिङ खुला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी समेत स्टल बुकिङ खुला गरिएको थिए ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिईएको छ ।
महोत्सवमा कृषि उत्पादन, भाडावर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफूल, होटल तथा रेस्टुरेन्टका स्टलहरु रहनेछन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया