पोखरामा ‘टिभिएस अपाचे एक्सचेन्ज मेला’, विशेष अफरसहित शुक्रबारसम्म चल्ने

पोखरा । टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्रालिले ‘टिभिएस अपाचे एक्सचेन्ज मेला’ आयोजना गरेको छ।
विशेष छुट अफर र आकर्षक सुविधासहित गत आइतबारबाट सुरु भएको एक्सचेन्ज मेला आगामी शुक्रबारसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ। नयाँबजारस्थित स्क्वायर मोटर्सको शोरुम परिसरमा आयोजित मेलामा ग्राहकले टिभिएसको नयाँ मोडल अपाचे बाइक टेस्ट ड्राइभ गर्नका साथै पुरानो बाइक तथा स्कुटर दिएर नयाँ बाइकमा एक्सचेन्ज गर्न सक्नेछन्।
मेलामा सहभागी हुने ग्राहकका लागि विभिन्न लाभहरू उपलब्ध छन् । ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटरको बजार मूल्यभन्दा थप मूल्यांकन सुविधा पाउनेछन् । ग्राहकलाई ६ हजार नगद स्योरसट छुट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, फ्रि एसेसरिज जस्ता आकर्षक अफरहरू उपलब्ध गराइएको छ ।
स्क्वायर मोटर्सका प्रवन्धक सन्तोष पोखरेलले ग्राहकलाई भरपर्दो सेवा र उत्कृष्ट अफरसहित नयाँ बाइक किन्न सक्ने अवसर प्रदान गर्न एक्सचेन्ज मेला आयोजना गरिएको बताए । ‘बिक्री पछिको सेवालाई प्राथमिकता दिदै टिभिएसलाई ग्राहक माझ उपलब्ध गराइरहेका छौं,’ उनले भने ।
ग्राहकलाई टिभिएस ब्राण्डका नयाँ मोडलमा विश्वास र पहुँच बढाउन यस किसिमका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
तपाईको प्रतिक्रिया