इन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेल सम्मानित

समाधान संवाददाता २०८१ पुष ३ गते १९:३३

पोखरा ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेललाई मानव अधिकारको क्षेत्रमा योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।

Advertisement


आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम)को समन्वयमा गरिएको कार्यक्रममा बुधबार खकुरेललाई सम्मान गरिएको हो ।


मानव अधिकारको संरक्षण र प्रवद्र्धधनमा पु¥याएको योगदानको मूल्यांकन गर्दै उनलाई प्रमाणपत्र र फूलमालासहित सम्मानित गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले खकुरेललाई प्रमाणपत्र र फुलमालाले सम्मान गरे ।
‘मानव जिवनकै अत्यन्त गहन विषय मानव अधिकार जस्तो महत्वपूर्ण क्षेत्रमा ३० वर्ष बेतित गरिसक्नुभएको जानकारी पाउँदा हामीलाई खुसी लागेको छ । यस क्षेत्रमा यहाँले खेल्नुभएको भूमिकाले समुदाय सकारात्मक दिशातर्फ अगाडि बढेको कुराको पनि हामी मुक्तकण्ठले प्रशंसा गदर्छौं,’ सम्मान गरिएको कदर पत्रमा उल्लेख छ ।


काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर ११ जन्मेका खकुरेल विगत १६ वर्षदेखि गण्डकी प्रदेशमा रहेर मानव अधिकारको रक्षका लागि काम गरिरहेका छन् । खकुरेलले प्रदेशको मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै आफूहरु अनुकरणीय भएको कदर पत्रमा लेखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया