बालोदय माविमा लघु नाटक मञ्चन

समाधान संवाददाता २०८१ पुष ४ गते २०:१२

पोखरा । पोखरा १७ बिरौटामा अवस्थित बालोदय माविका विद्यार्थीले २ लघु नाटक मञ्चन गरेका छन् । विद्यालयको ड्रामा क्लबको आयोजनामा नाटक मञ्चन भएका हुन् ।

Advertisement

अशेष मल्ल र टंक चौलागाईको लेखन, पोखरा थिएटरका कलाकार तथा अभिनय प्रशिक्षक उत्सर्ग सुवेदीको निर्देशन र सोही थिएटरको सहकार्यमा विद्यालयको नाटक क्लबका बालबालिकाले ‘वनभोज’ र ‘आश्रम’ नाटक प्रदर्शन गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमला पगेनी, प्रबन्ध निर्देशक दुर्गादत्त पगेनी, प्राचार्य टेकनाथ पौडेल, शिक्षक, विद्यार्थी र अभिभावकले रुचिपूर्वक नाटक अवलोकन गरेका थिए ।
‘वनभोज’मा वनभोजको वास्तविकता र यसले प्रदान गर्ने मनोरञ्जन तथा बालबालिकाको मनोविज्ञानलाई समेटिएको छ । वृद्धवृद्धाको पीडा, छोराछोरीले आफ्नै वृद्धावस्थाका बाबुआमालाई हेंला गर्ने प्रवृत्ति ‘आश्रम’ नाटकमा देखाइएको छ । प्राचार्य पौडेलले उत्कृष्ट अभिनय गरी नाटकलाई जीवन्तता प्रदान गरेकोमा कलाकारहरुलाई धन्यवाद दिए ।

Advertisement

तपाईको प्रतिक्रिया