गण्डकी विश्वविद्यालयमा कानुनका विद्यार्थीलाई स्वागत

पोखरा
गण्डकी विश्वविद्यालयको बिएएलएलबी तेस्रो सेमेस्टरका विद्यार्थीले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । पोखरा १४ बिपीमार्गमा विशेष कार्यक्रम गरी शुक्रबार पहिलो सेमेस्टरका विद्यार्थीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, मुक्तक र कविता प्रस्तुत गरे । त्यस अवसरमा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा कपिल अधिकारीले प्रश्न सोध्न कहिल्यै नछाड्न विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘कृपया रिसाउनुहोस्, नयाँ पुस्ता रिसाएको देखेको छैन, बरु भाग्न रुचाएको देखेको छु ।’ उनले अथोरिटीलाई प्रश्न गर्न र बेथिति विसंगतिका विपक्षमा रिसाउन आग्रह गरेका हुन् ।
डा अधिकारीले भारत निर्माण गर्ने नेताहरुको पृष्ठभूमि कानुन रहेको उल्लेख गर्दै अमेरिकाका सफल राष्ट्रपतिहरु पनि कानुनका विद्यार्थी रहेको सुनाए ।
व्यवस्थापन तथा कानुन संकायका डिन प्रा हिमराज गिरीले आफू सधैं विद्यार्थीको हितको पक्षमा रहेको जानकारी गराए । विश्वविद्यालय र आफ्नो ध्यानको केन्द्रमा विद्यार्थी रहेको उनको भनाइ थियो । कानुन कार्यक्रम संयोजक रवि सिलवालले कानुन केवल पेसा नभई प्यासन भएको र यो समाजमा न्याय तथा समानता स्थापना गर्नका लागि आवश्यक रहेको औंल्याए ।
तेस्रो सेमेस्टरकी विद्यार्थी गायत्री गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरु सीता साह र सगुन भण्डारीले स्वागत गरेका थिए भने सञ्चालन नीरज कार्कीले गरेका थिए । विद्यार्थी सौरभ लामिछानेले मुक्तक बाचन गरे । अस्मिता दाहालले कवित सुनाइन् । अपेक्षा नेपाली, सलिना, स्विजन, श्वेता, रजनी, लक्ष्मी र खुसीले नाच देखाए ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया