गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवानबाबु मास्के निर्विरोध

गोरखा । गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवानबाबु मास्के निर्विरोध चयन भएका छन्। गोरखा उद्योग वाणिज्य संघको ४९औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनमा मास्केको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो।
संघको वरिष्ठ उपाध्यक्ष अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दनबाबु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ, सहकोषाध्यक्षमा बसन्त बस्नेत, सदस्य महिलामा सुशीला श्रेष्ठ, सदस्य वस्तुगतमा पर्वबहादुर विक, सदस्य एसोसिएटबाट विक्रम बस्नेत चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा प्रदीप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दीपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहठ्ठा र सोम कोइराला निर्विरोध चयन भएका छन्।
उम्मेदवारी दर्ताको क्रममा सबै पदमा एकल उम्मेदवारी मात्र परेको तथा कुनै पनि उम्मेदवारीउपर दाबी विरोध नपरेपछि निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए।
गोरखा उद्योग वाणिज्य संघमा आबद्ध भएका व्यवसायीहरू ८०२ जना सदस्यहरूमध्येबाट सबै १९ पदमा एकल उम्मेदार मनोनयन भएकाले स्वतः चयन भएको हो।
तपाईको प्रतिक्रिया