रविलाई कास्की प्रहरी हिरासतमै फर्काइयो, भोलिदेखि थुनछेक बहस

पोखरा ।
सहकारी ठगी संगठित अपराध र मनिलउन्डरिङ केसमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई अझै लम्बिने संकेत मिलेको छ । उनी कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला अदालत कास्कीमा पेश भएका लामिछानेलाई आईतबार कार्यालय समय सकिए पछि पुन कास्की प्रहरी कै हिरासतमा फर्काइएको छ ।
आज आइतबार सरकारी वकिलको कार्यालयले उनी माथिको मुद्दा अदालतमा दर्ता गरेका छन् । तर थुनछेक बहस सुरु भएको छैन ।
कास्की अदालतले प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । त्यो म्याद शुक्रबार राति १२ बजे सकिए पनि शनिबार बिदा भएका कारण आइतबार विहानै प्रहरीले उनलाई अदालतमा हाजिर गरायो ।
यसअघि अदालतमा उपस्थित गराउदा प्रहरीले सरकारी वकिल मार्फत हिरासतमा राख्ने दिन थप्न आग्रह गर्दथ्यो । तर आइतबार मुद्दा नै दर्ता भएपछि यसो गर्नु परेन । तर थुनछेक बहस नसकिन्जेलसम्म लामिछाने कास्की प्रहरी कै न्यायिक हिरासतमा रहनेछन् ।
आइतबार मुद्दा दर्ताको काम सकिएकाले सोमबार मात्र रविको मुद्दा गोला प्रथामा जानेछ र न्यायाधिशको बेन्च तय हुनेछ । त्यसपछि दुवै पक्षको बहस प्रति बहस र आदेश नहुन्जेलसम्म रवि कास्की प्रहरीको हिरासत मै रहने छन ।
रविसँगै आज पेश गरिएका छविलाल जोशीसहितका पाँचै जनालाई पुन कास्की प्रहरीको हिरासतमै राखिएको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया