ठकुरी संगम कास्कीमा याम

पोखरा । नेपाल ठकुरी संगम कास्कीकोे २६ औं साधारण सभा तथा दशौं अधिवेशनबाट याम हमाल ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनिएको छ । समितिका वरिष्ठ उपाध्यक्षमा हिराबिक्रम शाही, द्वितीय उपाध्यक्षमा कृष्णबहादुर चन्द, सचिव रवीन्द्र बम मल्ल, सदस्यहरुमा नितु शाही, दिलकुमारी खाँण, सन्तोष मल्ल, दीपक मल्ल छन् ।
नवनिर्वाचित अध्यक्ष हमालले समुदायको हकहित र एकतामा ध्यान दिने वाचा गरे । कार्यक्रममा नेपाल ठकुरी महासंघ नेपालका केन्द्रीय अध्यक्ष खिमबहादुर शाही ठकुरीकोे हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको जनाए ।
निर्वाचन संयोजक वीरेन्द्र हमालले निर्वाचन प्रजातान्त्रिक पद्घति भएकाले जसले जिते पनि ठकुरी संगम परिवार कास्कीले जितेको सोचेरअघि बढ्न सुझाव दिए । सभामा नेपाल ठकुरी सगँम कास्कीका सल्लाहकार दुर्गाबहादुर शाह, अनिलकुमार शाही, दर्शन बचत तथा ऋण सहकारी अध्यक्ष राजाराम शाही, ठकुरी महिला परिवार कास्की अध्यक्ष सरस्वती हमाल, ठकुरी युवा परिवार कास्की अध्यक्ष रमेश हमाल लगायतले बोलेका थिए ।







सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया