हिरासतमा रहेका रविको तस्बिर सार्वजनिक गर्ने डा. निकोलस पक्राउ
समाधान संवाददाता
२०८१ पुष ८ गते ५:११

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको अवस्थाको फोटो सार्वजनिक गर्ने डा निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो उनले खिचेर सार्वजनिक गरेको उनले नै स्वीकार गरेका थिए।
भुसाललाई आइतबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाउने प्रहरीले तयारी गरेको छ।
भुसालले लामिछानेको फोटो आफूले प्रहरीको सिसिटिभीबाट खिचेको स्वीकार गरेका छन्।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया