आर्थिक अपराध ३७ प्रतिशत वृद्धि
पोखरा ।
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेशको शान्ति, सुरक्षाको अवस्थाबारे आइतबार अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भोलाबहादुर रावलले नेपाल प्रहरीले जनतालाई केन्द्र विन्दुमा शान्ति, सुरक्षाको काम गर्ने बताए । नेपाल प्रहरीको एकल प्रयासबाट अपराध रोकथाम तथा नियन्त्रण सम्भव नभएको उल्लेख गर्दै उनले स्थानीय समुदायसँगको सहकार्यमा अपराध अनुसन्धान र रोकथामको काम गर्ने जानकारी दिए ।
उनले जहाँ जनता प्रहरीको कार्यक्षेत्र त्यही भएको चर्चा गरे । ‘नेपाल प्रहरी जनताको सेवक हो । प्रहरीको मुख्य सरोकारला जनता हुन्,’ उनले भने, ‘जहाँ पनि प्रहरी पुग्न सक्दैन । त्यसैले जनता प्रहरीका आँखा र कान हुन् ।’ उनले समाजमा अपराधसम्बन्धी कुनै पनि गतिविधि र क्रियाकलाप भए जनताले प्रहरीलाई जानकारी दिनुपर्नेमा जोड दिए ।
उनले स्थानीय समुदायको सूचनाको आधारमा प्रहरीले शान्ति, सुरक्षाको सवालमा प्रभावकारी काम गर्न सक्ने जानकारी दिए । रावलले नेपाल प्रहरीले जनतासँग जोडेर समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन गरेको सुनाए ।
इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले स्थानीय समुदायसँगको सहकार्यमा नेपाल प्रहरीले अपराध अनुसन्धान गर्दै शान्ति सुरक्षा कायम गर्न सक्ने बताए । उनले नेपाल प्रहरीले सामुदायिक सेवा केन्द्रहरुलाई अभिन्न अंगको रुपमा मानेको उल्लेख गरे । उनले पछिल्ला समयमा ३७ प्रतिशतले आर्थिक अपराधका घटना बढेको जनाए ।
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले शान्ति सुरक्षा, विकृति विसंगति न्यूनीकरण, लैंगिक हिंसा न्यूनीकरणका लागि अभियान चलाएको बताए । उनले स्थानीय प्रशासनसँगको सहकार्यमा हरेक विद्यालयको १ सय मिटर वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने व्यवस्थालाई कडाइका साथ पालना गराउनको पहल गरेको जानकारी दिए ।
नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले दण्डहीनता अन्त्य र कानुनी शासन वहालीका लागि नागरिक अभियन्ताको हिसाबले सहकार्य गर्ने बताए । उनले ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगा खनाल लगायतले विकृति, विसंगति न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्रले खेलेको भूमिकाबारे बोलेका थिए ।
‘विकृति विसंगतिरहित समाजको निर्माण, शान्ति, सुरक्षा सामुदायिक सेवा केन्द्रको अभियान’भन्ने नाराका साथ भएको कार्यक्रममा कास्कीमा क्रियाशील ७ सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सदस्यको सहभागिता छ ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया